आज चाँदीको भाउमा उच्च रेकर्ड, सुनको भाउ कति ?

काठमाडौँ । डेढ महिनादेखि निरन्तर उकालो लागेको सुनको भाउ आज (बुधबार) स्थिर रहेको छ ।
सोमबार ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ७२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ। हिजो पनि छापावाल सुन सोही मुल्यमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको भाउ पनि स्थिर रहेको छ। आज तेजावी सुन प्रतितोला ७२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने उकालो लागेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदीको भाउ नेपालको इतिहासमै सबैभन्दा उच्च हो । हिजो चाँदी ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
विश्व बजारमा सुन-चाँदीको भाउ उच्च रहेको र डलरको भाउ पनि बढेका कारण नेपालमा निरन्तर रुपमा सुन-चाँदीको भाउ बढेको महासंघले जनाएको छ।
काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने सुन-चाँदीको भाउ केही बढी पर्न सक्ने छ।
Facebook Comment