अमेरिकामा सेप्टेम्बर १४ का दिन इन्द्र जात्रा मनाईँदै
![अमेरिकामा सेप्टेम्बर १४ का दिन इन्द्र जात्रा मनाईँदै](https://www.dcnepal.com/wp-content/uploads/2019/08/69104077_405154360203813_8528098942817140736_n-1.jpg)
मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्डमा आगामी सेप्टेम्बर १४ तारिखका दिन इन्द्र जात्रा हुने भएको छ ।
नेवाः अर्गनाइजेशन अफ अमेरिकाको आयोजनामा हुने विशेष कार्यक्रम ब्याक हिल पार्कमा सेप्टेम्बर १४ तारिखका दिन हुने भएको हो ।
इन्द्रजात्रा विशेष कार्यक्रममा नृत्य, नाटक तथा विविध साँगीतिक र साँस्कृतिक कार्यक्रम हुने आयोजक समितिले जनाएको छ। उक्त कार्यक्रममा आगन्तकुका लागि कुनै शुल्क लाग्ने छैन ।
कार्यक्रम सम्बन्धी पूरा जानकारीका लागि
प्रतिक्रिया
Facebook Comment