‘सरकारले देशलाई ‘कम्युनिष्ट स्टेट’ बनाउने खतरा बढ्यो’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले देश लाई कम्युनिस्ट स्टेट बनाउने खतरा बढ्दै गएको बताएका हुन्।
बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउबाले सरकार प्रजातन्त्रको सबै मुलभूत कुराहरु मास्दै गएकोले ‘कम्युनिष्ट स्टेट’ बनाउन खोजेको बताएका हुन्।
सरकार प्रजातन्त्र विरोधी, मानवाधिकार बिरोधि, प्रेस स्वतन्त्रता बिरोधि भएको भन्दै सरकारको बिरुद्ध एकजुट हुन आग्रह पनि गरे।
सभापति देउवाले नेपाली कांग्रेसले निर्णय नै गरेर सरकारका गलत कदमको बिरुद्ध आन्दोलन भएको पनि बताए। स्थायी प्रजातन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको रक्षाको लागि लड्ने दिन आएको भन्दै आन्दोलनमा आउन सबैलाई आग्रह गरे।
प्रतिक्रिया
Facebook Comment