जम्मु काश्मिरका ५० हजार युवालाई रोजगारीको घोषणा
श्रीनगर भारत । भारतले केन्द्रीय सरकार मातहत ल्याएको घोषणा गरेको जम्मु काश्मिर राज्यमा ५० हजार युवालाई रोजगारी दिने घोषणा गरेको छ।
राज्यपाल सत्यपाल मलिकले बुधबार युवाहरुलाई रोजगारी दिने घोषणा गरेका हुन् । उनले आगामी दुईदेखि तीन महीनाभित्रमा ती सबै युवालाई रोजगारी दिइसक्ने पनि स्पष्ट पारे ।
“हामी आज घोषणा गर्न चाहन्छौँ की, जम्मु काश्मिर प्रशासनिक क्षेत्रका ५० हजार युवालाई रोजगारी दिनेछौँ,” उनले भने ।
उनले सबै युवाहरुलाई यो अवसरको उपयोग गर्न आग्रह गर्दै पूर्णशक्ति परिचालित हुनुपर्नेमा जोड दिए ।
पत्रकार सम्मेलनमा मलिकले भने,“आउँदो दुईदेखि तीन महीनामा यी सबै पदमा पदपूर्ति गर्नेछौँ।” रासस÷एएनआई
प्रतिक्रिया
Facebook Comment