आज फेरि बढ्यो सुनको भाउ, चाँदीको उच्च रेकर्ड

काठमाडौँ । आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ फेरि उकालो लागेको छ । मंगलबार र बुधबार स्थिर रहेको सुनको भाउ ८ सय रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला ७३ हजार ४ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ७३ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार र बुधबार प्रतितोला छापावाल सुन ७२ हजार ६ सय तथा तेजावी सुन ७२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउसँगै आज चाँदीको भाउ पनि ह्वात्तै बढेको छ । आज चाँदीको भाउ प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाली बजारमा चाँदीको भाउ सबैभन्दा उच्च हो ।
हिजो (बुधबार) चाँदी ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
विश्व बजारमा सुन-चाँदीको भाउ उच्च रहेको र डलरको भाउ पनि बढेका कारण नेपालमा निरन्तर रुपमा सुन-चाँदीको भाउ बढेको महासंघले जनाएको छ।
काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने सुन चाँदीको भाउ केही बढी पर्न सक्ने छ।
Facebook Comment