भिडियो कन्फ्रेन्स मन्त्रिपरिषद् बैठकको तरंग : कसको कुरा पत्याउने ?

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले भदौ पहिलो साता उपचारका लागि सिंगापुर उड्नुअघि मन्त्रिपरिषद् कार्यसञ्चालन कार्यविधिमा एक संशोधन पास गराए। उनले प्रधानमन्त्री विदेशमा रहँदा भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गर्न सकिने वैधानिक व्यवस्था मन्त्रिपरिषद् बैठकमाफर्त गराएर सिंगापुर उडेपछि पक्कै पनि केही हुने अनुमान त्यति बेला नै गरिएको थियो।
यो अनुमान धेरै दिन कुर्नुपरेन यही भदौ ९ गते सोमबार काठमाडौंबाट सबै मन्त्रिहरु र सिंगापुरबाट प्रधानमन्त्रीले ‘भिडियो कल’ गरे । प्रधानमन्त्री ओलीले तस्वीरसहित सिंगापुरबाट टेलिप्रिजेन्स मार्फत मन्त्रिपरिषदको बैठक बसेको जानकारी दिए। प्रधानमन्त्रीले नै मन्त्रिपरिषद् बैठक भनेपछि यो मन्त्रिपरिषद् बैठक नै हो भन्ने बुझाई भयो सबैको । प्रधानमन्त्रीको ट्वीट अघि उनका प्रमुख राजनीतिक सल्लाहाकार विष्ण रिमालले पनि सिंगापुरदेखि काठमाडौं पहिलो पटक टेलिकन्फ्रेन्समार्फत मन्त्रिपरिषदको बैठक बस्दै भनेर जानकारी दिएका थिए।
प्रविधि र प्राबिधिकलाई धन्यवाद दिन चाहन्छु। आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद! प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरूलाई धन्यवाद। pic.twitter.com/weHSyAejxS
— K P Sharma Oli (@kpsharmaoli) August 26, 2019
देशमा कार्यबाहक प्रधानमन्त्री हुँदाहुँदै भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक बसेपछि सत्तारुढ दलकै नेताहरुले आपत्ति जनाएपछि यो विषय विवादित बन्यो। नेकपा नेता भीम रावलले यो मन्त्रिपरिषद् बैठकमाथि प्रश्न उठाएका थिए। प्रमुख विपक्षी दल काँग्रेसले त केन्द्रीय समिति तथा संसदीय दलमार्फत नै औपचारिक विरोध जनायो।
सामाजिक सञ्जालमा पनि यो विषयमा विरोधका स्वरहरु देखिए । कतियप सत्ता समर्थकहरुले भने यसलाई प्रविधिको प्रयोगको रुपमा व्याख्या गरे। तर, बिहीबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रतिनिधिसभामा यो मन्त्रिपरिषद् बैठक नै नभएको प्रस्टोक्ति दिएपछि नयाँ भ्रमको सिर्जना भएको छ।
प्रधानमन्त्री स्वयमले मन्त्रिपरिषद् बैठक भनेको विषयलाई उनकै प्रवक्ताले प्रतिनिधिसभाको रोष्टममा उभिएर खारेज गरेपछि कसको भनाईलाई विश्वास गर्ने भ्रम सिर्जना भएको छ।
सिंगापुरदेखि काठमाडौं:
पहिलो पटक टेलिकन्फ्रेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बस्दै pic.twitter.com/3zI7uFdyOw— Bishnu Rimal (@BishnuRimal) August 26, 2019
वैधानिक पाटोबाट हेर्दा यो मन्त्रिपरिषद् बैठक थिएन। किनकी अर्को कार्यबाहक प्रधानमन्त्री देशमा हुँदाहुँदै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्न पाउँदैनन्। प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन्, जसलाई राष्ट्रिपति विद्यादेवी भण्डारीलेसमेत स्वीकृति दिएकी छन्। त्यसैले यो भिडियो कन्फ्रेन्स मन्त्रिपरिषद्बारे भ्रमहरु सिर्जना भएपछि यसबारे नयाँ ढंगबाट बहस हुने देखिएको छ।
काँग्रेस नेताहरुले भने प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे चासो नदिएर देशको चिन्ता सिंगापुरबाटै गरेको भन्दै देशभन्दा पहिला आफ्नो स्वास्थ्यको ख्याल गर्न सुझाव दिएका छन्।
If they are using third party software like Webex, that would be bad. But if they are using software developed by our engineers for the purpose, that would be safer.