शिक्षकहरुको दरवन्दी पुर्नवितरणको काम सुरु भइसक्यो : मन्त्री पोखरेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गाउँपालिकाहरुमा शिक्षकहरुको स्थायी दरबन्दी पुर्नवितरण कार्य सुरु गर्ने भएको छ।
राजधानी काठमाडौंमा विहिबार आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरुको दरवन्दी पुर्नवितरण गर्ने कार्यदलले बनाएको प्रतिवेदन मन्त्रीपरिषद् बैठकले पारित गर्नुको साथै प्रमाणित भएर आईसकेकाले अब दरवन्दी वितरणको काम सुरु गरिने बताएका हुन्।
दरबन्दी पुर्नवितरण सम्बन्धमा मन्त्रालयले शिक्षाविद् महाश्रम शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। सो कार्यदलको प्रतिवेदन मन्त्रीपरिषद्ले पास गरेको मन्त्री पोख्रेलले जानकारी दिए। उनले शिक्षक सेवा आयोगको नियमावलि पनि मन्त्रीपरिषद् बैठकद्धारा संसोधन भईसकेको जानकारी दिए।
उनले शिक्षा पुर्वाधारको पनि पूर्वाधार भएको र शिक्षाले ज्ञान, सिप र सोच परिर्वतन गर्न सक्नुपर्ने बताए।
Facebook Comment