नेपाली ‘मारुनी’संगै साउथ इण्डियन चलचित्र ‘साहो’ प्रदर्शनमा

डिसी नेपाल
१३ भदौ २०७६ ८:३०

काठमाडौं । आज शुक्रबारबाट नेपाली चलचित्र ‘मारुनी’ र साउथ इण्डियन चलचित्र ‘साहो’ प्रदर्शनमा आएका छन्। नवल नेपाल निर्देशित ‘मारुनी’लाई पुनम ईन्टरटेन्मेन्टको प्रस्तुतीमा पूनम गौतमले निर्माण गरेकी हुन्।

चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेबिका गुरुङ मुख्य भूमिकामा प्रस्तुत छन्। साथमा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर शेढाइँ, बिनोद भट्टराई, सुशील क्षेत्री लगायतको अभिनय छ। गोविन्द फुयाँल र नवल नेपालले मिलेर लेखेको चलचित्रले त्रिकोणात्मक प्रेमकथा भन्छ।

राम्रो ब्यापारका लागि ‘मारुनी’लाई ‘साहो’को कडा चुनौती देखिन्छ। किनकी मल्टीप्लेक्स हलमा ‘मारुनी’ लाई अत्यन्त न्यून ‘शाे’ दिईएको छ। ‘साहो’ ले भने अहिलेसम्मकै सर्वाधिक ‘शाे’ पाएको छ । साउथ सुपरस्टार प्रभासको अभिनय रहेकाे ‘साहो’ नेपालमा पनि निकै प्रतिक्षित चलचित्र हो। ‘साहो’संगको भिडन्तमा ‘मारुनी’को ब्यापार राम्रो हुन् वर्ड अफ माउथ राम्रो हुनु आवश्यक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *