जब सलमानले भने – ‘मैले त्यो फिल्म नछोडेको भए शाहरुखको बंगला हुँदैनथ्यो’
मुम्बइ। फिल्म इंशाअल्लाहमा सलमान खान र संजय लीला भंसाली लामो समयपछि एकसाथ काम गर्न गइरहेका थिए । तर, हालै खबर आयो कि सलमानले यो फिल्म छोड्ने निर्णय गरेका छन् । रिपोर्टमा सलमान हटेपछि यो फिल्ममा कुनै ठूला सुपरस्टार आउन सक्ने दावी गरिएको छ ।
सलमानले कुनै ठूलो फिल्म छोडेको यो पहिलो पटक भने होइन । यसअघि आफ्नो करिअरको सुरुवातमा सलमानले अब्बास मस्तानको फिल्म बाजीगरको अफर अस्वीकार गरिसकेका छन् । सलमानले छाडेपछि यो फिल्म शाहरुख खानले गरेका थिए र सुपरहिट भएको थियो । यही फिल्मले शाहरुखको करिअरलाई नयाँ उडान दिएको थियो ।
यो फिल्मको बारेमा कुरा गर्दै सलमानले पिंकभिलासँग भनेका थिए –‘हो मैले बाजीगर अस्वीकार गरेको थिएँ । जब अब्बास मस्तान मसँग स्क्रिप्ट लिएर आए मैले आफ्ना पितासँग यसबारे कुरा गरेको थिएँ । उहाँले भन्नुभयो कि यो रोल नकारात्मक पात्रको छ र यसमा आमाको एउटा भावनात्मक एंगल राख्नुपर्छ । तर, फिल्मका निर्माताले यो अस्वीकार गरे त्यसपछि मैले यो फिल्म अस्वीकार गरें । मैले छोडेपछि यो फिल्म शाहरुखकहाँ भएको थियो ।’
उनले अगाडि भने ‘शाहरुखले न केवल यो फिल्ममा काम गर्न स्वीकार गरे, उनले आमाको एंगल पनि यो फिल्ममा थप गराए तर मलाई यो कुराले कुनै पछुतो छैन ।’ लमानले त्यपछि मजाकको शैलीमा भने ‘यदि मैले बाजीगर नछोडेको भए ब्याण्डस्ट्याण्डमा आज ‘मन्नत’ (शाहरुखको बंगला) हुँदैनथ्यो ।’
यद्यपि यसरी महत्वपूर्ण फिल्म छोड्ने सलमान मात्र होइनन्, शाहरुखले पनि कैयौं महत्वपूर्ण फिल्म छाडेका छन् । २००३ मा आएको मुन्नाभाइ एमबीबीएस पहिले शाहरुखलाई अफर गरिएको थियो तर शाहरुखले अस्वीकार गरेपछि यो फिल्म संजय दत्तकहाँ गएको थियो । यो फिल्म सुपरहिट भयो । शाहरुखले यो फिल्ममा मुख्य पात्रको भूमिकालाई आफूले न्याय गर्न नसक्ने भन्दै आफैंले फिल्ममा संजय दत्तलाई लिन राजकुमार हिरानीलाई सुझाव दिएका थिए । यसबाहेक शाहरुखले हालै कफी विथ करणमा भनेका थिए कि आमिर खानको फिल्म थ्री इडियट्सका चौथो इडियट उनी हुन् किनकि यो फिल्म पनि पहिले उनलाई अफर भएको थियो ।
Facebook Comment