च्याम्पियन्स लिगः बार्सिलोना र एथ्लेटिको ‘ग्रुप अफ डेथ’मा, रियल मड्रिडलाई केही राहत

डिसी नेपाल
१३ भदौ २०७६ १३:३४

काठमाडौं। युरोपको सबैभन्दा प्रतिष्ठित क्लव फुटबल लिग ‘युइएफए च्याम्पियन्स लिग’को ड्र हिजो सार्वजनिक भएको छ । ड्रमा एथ्लेटिको मड्रिड र बार्सिलोनालाई समूह चरणमै निकै कठिन जिम्मेवारी दिइएको छ । भ्यालेन्सिया पनि निकै कठिन समूहमा परेको छ भने रियल मड्रिडलाई केही सहज जिम्मेवारी दिइएको छ ।

रियल मड्रिडले समूह चरणमा पिएसजीको सामना गर्नुपर्ने छ र यो समूहको शीर्ष स्थानको लागि निर्णायक प्रतिस्पर्धा हुनेछ । यो खेलका लागि केही सहायक प्लटहरु पनि छन् किनकि रियलका गोलकिपर केलर नाभास पिएसजी जाँदैछन् र पिएसजीका नेइमारलाई ल्याउन रियल प्रयासरत छ । रियल पिएसजी, क्लव ब्रुगे, र ग्लाटासारेसँगै समूह ए मा छ । यो समूह रियल र पिएसजीको लागि त्यति कठिन छैन किनकि बाँकी २ टिम त्यति बलिया छैनन् र यो समूहबाट राउण्ड अफ १६ जाने रियल र पिएसजी नै हुन सक्छन् ।

एथ्लेटिकोको लागि भने समूह चरण निकै कठिन देखिएको छ । एथ्लेटिकोले गत सिजन आफूलाई च्याम्पियन्स लिगबाट बाहिर गराउने युभेन्टस र च्याम्पियन्स लिगमा उनीहरुको सबैभन्दा ठूलो डर क्रिस्टियानो रोनाल्डोको सामना गर्नुपर्नेछ । समूहमा यी दुईसँगै बायर लेभेरकुसेन र लोकोमोटिभ मस्को छन् ।

बार्सिलोनाको लागि त समूह चरण ग्रुप अफ डेथ नै छ । समूहमा जर्मनकिो शक्तिशाली टिम बोरुसिया डर्टमण्डसँग सिरी एको शक्तिशाली टिम इन्टर मिलान पनि छन् । चौथो टिम साल्भिया पराग्वे छ । एक समूहबाट २ टिम मात्र राउण्ड अफ १६ पुग्न सक्छन् तर यो समूहबाट बार्सिलोना, बोरुसिया डर्टमण्ड र इन्टर मिलान तीनवटै टिम राउण्ड अफ १६ का बलिया दावेदार छन् । यी तीनवटै टिमले यअघि च्याम्पियन्स लिगको उपाधि नै जितिसकेका छन् ।

भ्यालेन्सियाको लागि पनि समूह चरण कठिन नै छ यद्यपि उनीहरुको लागि अघिल्लो चरण जान असम्भव भने छेन । किनकि चेल्सी र अयाक्स दुवै यो वर्ष टन्जिसनमा छन् । लिलेले पनि केही टिमलाई रोक्दै राम्रो फुटबल देखाउन सक्छ । म्यान्चेस्टर सिटीलाई तुलनात्मक रुपमा केही सहज छ ।

पेप ग्वार्डिओलाको टिमले समूह चरणमा शख्तर डोनेट्स्क, डिनामो जाग्रेब र अटलान्टाको सामना गर्नेछ । अघिल्लो सिजनको च्याम्पियन लिभरपुलले फेरि पनि नापोलीकै सामना गर्नुपर्ने भएको छ, साथमा आरबी साल्जबर्ग र गेंक पनि यही समूहमा छन् । बायर्न म्युनिखले टोटनह्याम, ओलम्पियाकोस र रेड स्टारको सामना गर्दा जेनिट सेन्ट पिटरबर्गले बेन्फिका, लियोन र आरबी लेइपजिग प्रतिस्पर्धी पाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *