धर्ना बसे गगन थापा, भने ‘आज नटेरे मन्त्री जहाँ जान्छन् त्यहीँ गएर धर्ना बस्छु’

डिसी नेपाल
१३ भदौ २०७६ १३:५८

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नं. ४ का सांसद गगन थापा धर्ना बसेका छन् । उनी पुलचोकस्थित सडक विभागको कार्यालयअगाडि धर्ना बसेका हुन् ।

काठमाडौं क्षेत्र नं. ४ का सडकहरु तत्काल बनाउन माग गर्दै उनी स्थानीय बासिन्दाहरुसहित आज धर्ना बसेका हुन् । आज १२ बजेदेखि नै धर्ना कार्यक्रम भनिए पनि एक बैठकका कारण थापा आउन केही ढिलाइ भएपछि साढे १२ बजेदेखि धर्नाको कार्यक्रम सुरु भएको थापाका स्वकीय सचिव शंकर कुइकेलले जानकारी दिए ।

धर्ना कार्यक्रम सुरु गर्नुअघि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै थापाले दबाब नदिइ काम नभएकोले बाध्य भएर धर्ना बसेको बताए । उनले आजको धर्ना सांकेतिक मात्र भएको बताउँदै २–४ दिनमा सुधार नदेखिए सम्बन्धित मन्त्री जहाँ जान्छन् त्यहीँ गएर धर्ना बस्ने बताए । उनले सिंहदरबारमै मन्त्रीको कार्यालय अगाडि समेत धर्ना बस्ने चेतावनी दिए । थापासँगै धर्नामा सोही क्षेत्रका प्रदेशसभा सांसद नरोत्तम वैद्य पनि छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *