पारा पावरलिफ्टीङ्ग प्रशिक्षण सुरु

डिसी नेपाल
१३ भदौ २०७६ १६:४६

काठमाडौं। राष्ट्रिय पारा पावरलिफ्टीङ्ग संघको आयोजनामा पारा महिला पावरलिफ्टिङ्ग प्रशिक्षण काठमाडौंमा शुक्रबार शुरु भएको छ ।

ठमेलस्थित मस्र्यााङ्गदी होटलमा हुने कार्यक्रमको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमबीच उद्घाटन गरे ।

नेपालमा पारा महिला पावरलिफ्टिङ्ग खेलाडी उत्पादन गर्ने उद्देशयले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा नेपालका कम्मरदेखि मुनिका भाग कमजोर रहेका करिव २५ पारा खेलाडी र प्रशिक्षकहरुले तीन दिनसम्म प्रशिक्षण लिने छन् । जसका कारण नेपालमा पारा पावरलिफ्टिङ्गका खेलाडीहरुको विकास र विस्तार हुने विश्वास लिइएको छ ।

तीन दिनसम्म संचालन हुने प्रशिक्षण कार्यक्रममा सहभागिलाई अन्तराष्ट्रिय टेक्निकल अफिसियल मलेसियन नुर साहिदा माट शाहले सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गर्ने छिन् । शाह १० बर्ष देखि पारा पावरलिफ्टिङ्गमा लागि रहेकी छिन् ।

विभिन्न देशमा विकलाङ्ग रहेका खेलाडीहरुलाई हौसाला प्रदान गर्दै उनीहरुमा आत्मविश्वासको विकास गर्दै पावरलिफ्टिङ्गमा लगाउने उद्देश्यले कार्यक्रम आयोजना भइरहेको र नेपालमा पनि यस खेलको विकासका लागि आफु आएको उनले बताइन् । उनले आफुले प्रदान गर्ने प्रशिक्षण खेलाडीहरु र प्रशिक्षकका लागि उपलब्धि मुलक हुने बताइन् ।

पारा खेलाडीहरुको विकास र विस्तारमा आफुलाई अग्रस्थानमा उभ्याएको संस्था एजिआईटिओएस फाउन्डेशनको सहयोगमा विश्वमा नै कार्यक्रमहरु संचालन भई रहेको राष्ट्रिय पारा पावरलिफ्टिङ्ग संघका अध्यक्ष टेकबहादुर गुरुङ्गले जानकारी गराए ।

हाल सय भन्दा बढि मुलुकमा विकास भइरहेको पारा पावरलिफ्टिङ्गको विभिन्न १० शारिरीक तौल समूहमा एशियन तथा ओलम्पिकमा प्रतियोगिता हुँदै आइरहेको छ । १९६४ मा जापानमा शुरु भएको प्रतियोगिता सन् २०००मा सिड्नी ओलम्पिकमा महिला पावरलिफ्टिङ्ग प्रतियोगिताको आयोजना गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *