विवादका बीच राजपा अध्यक्ष मण्डलको बैठक, के के भए निर्णय?

काठमाडौं । आन्तरिक विवादमा रुमल्लिएको मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको बैठक बसेको छ।
शुक्रबार अपरान्ह पार्टी कार्यालय बबरमहलमा राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको बैठक हालका संयोजक राजकिशोर यादवको अध्यक्षतामा बसेको हो।
केहि दिन अगाडी संयोजक यादवले पार्टीको राजनैतिक समितिको बैठक बोलाएपछि बाँकी नेता संयोजक यादवसँग रुष्ट बनेका थिए। संयोजक यादवले शुक्रबार (आज) र शनिवार दुई दिन राजनैतिक समितिको बैठक बोलाएका थिए।
विभिन्न जिल्लामा रहेका राजनैतिक समितिका सदस्यहरु काठमाडौँ आइसकेका छन्। अध्यक्षमण्डलका अन्य सदस्यहरुसँग सल्लाह नै नगरी बैठक बोलाइएको भन्दै आलोचना भएपछि राजनैतिक समितिको बैठक मिति नतोकी सारिएको छ।
अध्यक्ष मण्डलको बैठक माथिल्लो तलामा चलिरहेको बेला संयोजक यादव भने बैठकका लागि काठमाडौँ आएका समिति सदस्यहरुलाई फकाउन अर्को कोठामा जानु परेको थियो।
बैठक पछि संचारकर्मीहरुको पार्टीको आन्तरिक विवादमा राखिएको जिज्ञाशामा अध्यक्ष मण्डलका संयोजक यादवले तेस्तो केहि नभएको मुद्दा र एजेन्डामा पार्टी एकढिक्का भएको प्रतिक्रिया दिए।
राजपा भित्र अहिले समाजवादी पार्टीसँगको एकीकरण र पार्टीको महाधिवेशन गर्ने सम्बन्धमा स्पष्ट २ धार देखिएको छ।
समाजबादी पार्टी सँग बार्ता गर्न बनेको समितिको संयोजक रहेका राजेन्द्र महतो, वर्तमान संयोजक यादव र अध्यक्षमण्डलका अर्का सदस्य महेन्द्र राय यादव तत्काल वार्ताको पक्षमा छन् भने बाँकी सदस्यहरु पार्टीको अधिवेशन गरेर मात्र औपचारिक प्रक्रिया सुरु गर्ने पक्षमा देखिएका छन्।
Facebook Comment