गौ हत्या प्रकरणमा छानविन गर्न काँग्रेस र राप्रपाको माग

काठमाडौं। सुर्खेतको कटकुवामा शुक्रबार सामुहिक गौ हत्या भएको विषयमा छानविन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र हिन्दुवादी पार्टी राप्रपाले माग गरेका छन्।
बिहीबार राती सुर्खेतको कटकुवामा दुई दर्जन गाई मृत फेला परेका थिए। त्यहाँ अझै करिब ढाई सय गाई रहेका छन्। यो प्रकरण सार्वजनिक भएपछि काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँणले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गाई नेपालको राष्ट्रिय जनावर तथा हिन्दुहरुको परिवत्र पशू रहेको भन्दै सामूहिक गौ हत्या प्रकरणको छानविन गरी दोसीमाथि कारबाही गर्न माग गरेका छन्।
उता हिन्दुवादी पार्टी राप्रपाले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै गौ हत्या प्रकरणमा छानविन गरी दोसीमाथि कारबाही गर्न माग गरेको छ।
बाँकेको नेपालगञ्जबाट पाँच ट्रकमा लगिएका गाई तथा गोरु बिहीबार राती कटकुवाको भीरमा लगेर खसालेको अवस्थामा फेला परेका थिए। सुर्खेत प्रहरीले गाई बोकेका पाँच मध्ये ३ वटा ट्रकलाई नियन्त्रणमा लिइसकेको छ।
Facebook Comment