संसारकै धेरै तौल भएका मिस्टर माउन्टेनले गरे अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू, एक विकेट पनि लिए

डिसी नेपाल
१३ भदौ २०७६ २२:३६

किंग्सटन (एजेन्सी) । भारत र वेष्टइण्डिजबीचको दोस्रो टेष्ट शुक्रबार शुरु भएको छ। जमैकामा जारी खेलमा भारतले पहिला ब्याटिंग गरिरहेको छ । यो खेलमा क्रिकेटले एक यस्ता खेलाडी पाएको छ, जसको तौल १४० केजी छ ।

२६ वर्षीय अलराउण्डर रहकीम कोर्नवाल ९३ नम्बरको जर्सी लगाउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका हुन्। उनले डेब्यू खेलमा एक विकेट लिइसकेका छन्। उनले भारतीय ब्याट्सम्यान चेतेश्वर पुजाराको विकेट लिएका हुन्। उनले एक क्याच पनि लिएका छन्।

उनलाई मिस्टर माउन्टेनका नामले पनि चिनिन्छ।

भारतले टेष्टको पहिलो दिन पहिलो सत्रमा २ विकेट गुमाएर ७३ रन बनाइसकेको छ। उसका कप्तान विराट कोहली र ओपनर मयंक अग्रवाल मैदानमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *