विद्या बालन आमा बन्न लागेको चर्चाको के हो वास्तविकता ?
मुम्बई। बलिवुड अभिनेत्री विद्या बालनले सन् २०१२ मा सिद्धार्थ रोय कपुरसँग विवाह गरेकी हुन्। दुवैको सम्बन्ध निकै बलियो रहेको मानिन्छ। उनीहरु आफ्नो जीवन खुसी-खुसीका साथ बिताउँदै आएको सार्वजनिक रुपमा भन्दै आएका छन्। यही समयमा विद्या बालन आमा बन्ने तयारीमा रहेको खबर चर्चामा छ।
केही दिनयता विद्या बालनको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा अभिनेत्री बालन कालो रङको आउटफिटमा देखिएकी छिन्। त्यसमाथि उनले डेनिम ज्याकेट लगाएकी छिन्। यही भिडियो हेरेर उनका प्रशंषकहरुले विद्या गर्भवती भएको अनुमान लगाइरहेका छन्।
यस्तैमा विद्याका फ्यानहरुले सामाजिक सञ्जालमा टिप्पणीसमेत गरेका छन्। एक फ्यानले लेखेका छन् ‘के विद्या बालन गर्भवती छन्?’ त्यहीं दोस्रो फ्यानले लेखेका छन्, ‘बेबी कपुरका लागि अब पर्खन सक्दैनौं है।’ तर, जे होस् उनी गर्भवती भए नभएको तथ्य आउने समयले बताउनेछ।
हुन त यो पहिलो पटक होइन कि अभिनेत्रीहरु गर्भवती छन् भनेर उनीहरुका प्रशंषकहरुले चर्चा गरेको। यसभन्दा पहिले प्रियंका चोपडा, दिपिका पादुकोण, अनुष्का शर्मा र सोनम कपुर गर्भवती भएको यस्तै खबर सामाजिक सञ्जालमा भाइरल भएको थियो। तर, त्यस्ता खबर पनि गलत सावित भएको थियो।
क्यामेराको एंगलिङको दोषका कारण उनीहरुका प्रशंषकहरुलाई अभिनेत्रीहरु गर्मवती छन् भन्ने लागेको हुनसक्छ। सामाजिक सञ्जालमा हुने यस्तै हल्लाका कारण एकपटक प्रियंका चोपडाकी आमा मधु चोपडाले नै प्रतिक्रिया दिनु परेको थियो। उनले प्रियंका गर्भवती नभएको र तत्काल सन्तान जन्माउनेबारे योजना नरहेकोसमेत स्पष्ट पारेकी थिइन्। अनुष्का शर्माले सार्वजनिक रुपमै आलोचना गर्दै अभिनेत्रीहरु गर्भवती हुनु नौलो नभएको भन्दै टिप्पणी गरेकी थिइन्।
पछिल्लो पटक विद्या साउथका सुपरस्टार एवं राजनेता एनटिआरको बायोपिकमा देखिएकी थिइन्। विद्या यसबाहेक आफ्नो फिल्म मिशन मंगलमा देखिएकी थिइन्। यो फिल्ममा तापसी पन्नु र अक्षम कुमारजस्ता स्टारहरुको अभिनय रहेको छ। यो फिल्मलाई जगन शक्तिले निर्देशन गरेका हुन्। यसमा सोनाक्षी सिन्हा, शर्मन जोशी, नित्या मेनन र कीर्ति कुल्हाडी जस्ता स्टारहरु पनि देखिएका थिए। यो फिल्म १५ अगस्टमा रिलिज भइसकेको छ।
Facebook Comment