यू–१५ साफ फुटबलको फाइनल सुरू, उपाधिका लागि नेपाल र भारत भिड्दै

डिसी नेपाल
१४ भदौ २०७६ १५:१५

काठमाडौँ । भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबलको फाइनल खेल सुरु भएको छ । आज फाइनलमा नेपाल र भारतबीच खेल भइरहेको छ । नेपालसहित बङ्गलादेश, भारत, श्रीलङ्का र भूटान सहभागी साफ प्रतियोगितामा भारत र नेपाल पहिलो र दोस्रो हुदै फाइनलमा पुगेका हुन् ।

भारतले लिग चरणका चार वटै खेल जितेर अपराजित हुदै फाइनलमा पुगेको हो भने नेपाल ४ खेल मध्ये ३ खेलमा जित र एक खेलमा हार बेहोरेर दोस्रो हुदै फाइनलमा पुगेको हो । पहिलो खेलमा भारतसँग ५-० ले पराजित नेपाली टोलीले त्यसपछिका तीन खेलमा श्रीलङ्कालाई २-० ले, बङ्गलादेशलाई ४-१ ले र भूटानलाई ६-० ले पराजित गर्न सफल भएको थियो ।

त्यस्तै भारतले भने नेपाललाई ५-० ले, भुटानलाई ७-० ले, श्रीलंकालाई ५-० ले र बंगलादेशलाई ४-० ले पराजित गरेको थियो । प्रतियोगितामा अहिलेसम्म भारतका हिमांशु जान्ग्राले सर्वाधिक ६ गोल गरेका छन् भने नेपालका प्रदिप लम्सालले ३ गोल गरेका छन् । त्यस्तै नेपालका कृष्ण अधिकारी यादव र अशीम राईले २-२ गोल गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *