साफ यु–१५ फाइनलमा नेपालको लज्जास्पद हार, तेस्रो पटक फाइनलमा पुगेर पराजित
काठमाडौं। साफ अण्डर १५ च्याम्पियनशिपमा नेपाल फाइनलमा पराजित भएको छ । आज भारतको कोलकाताको कल्याणी मैदानमा भएको खेलमा नेपालले भारतलाई ७–० को नतिजा सुम्पिएको हो । आज फाइनलमा भारतसँग लज्जास्पद रुपमा हार्दा नेपालले एक गोल पनि फर्काउन सकेन ।
आज फाइनलमा पराजित भएसँगै नेपाल तेस्रो पटक फाइनल पुगेर पराजित भएको हो । यसअघि नेपाल २०१३ मा भारतसँगै फाइनलमा पराजित भएको थियो । त्यपछि २०१७ मा पनि नेपाल फाइनल पुगेको थियो । त्यो फाइनलमा पनि नेपाल भारतसँगै पराजित भएको थियो । अहिले पनि नेपाल भारतसँगै फाइनलमा पराजित भएको हो ।
भारतले जितेको यो उपाधि तेस्रो हो । भारतले यअघि २०१३ र २०१७ मा उपाधि जितेको थियो । २०१५ मा र २०१८ मा बंगलादेशले उपाधि जितेको थियो । बंगलादेशले २०१५ मा भारतलाई र २०१८ मा पाकिस्तानलाई फाइनलमा हराएको थियो । भारतको लागि श्रीदार्थ नोंगमेइकापामले ह्याट्रिक गरे । उनले ५२, ७६ र ८० औं मिनेटमा गोल गरे । भारतका लागि १५औं मिनेटमा महेशन सिंह टोंगब्राम, ४२ मिनेटमा अमनदीप, ४५ औं मिनेटमा सिबजित सिंह लेइमापोकपांम, र ६५ औं मिनेटमा जंगाराले गोल गरे ।
Facebook Comment