हजार्ड युरो छनोट खेल्न फिट छैनन् : जिदान

डिसी नेपाल
१४ भदौ २०७६ २०:३३

एजेन्सी । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बेल्जियमका फरवार्ड इडेन हजार्डले सेप्टेम्बरमा हुने युरो छनोट खेल्न नसक्ने बताएका छन् ।

ह्जार्ड रियल मड्रिडबाट डेब्यु गर्ने तयारीमा छन् । नयाँ सिजनको पुर्व सन्ध्यामा उनले चोट बोकेका थिए । पछिल्लो रिपोर्ट अनुसार हजार्ड आईतबार हुने भिल्ला रियलविरुद्वको खेलमा टोलीमा समावेश हुनेछन् ।

हजार्डलाई बेल्जियमले युरो छनोट अन्तर्गत सान मारिनो र स्कटल्याण्डविरुद्वको खेलका लागि समेत टोलीमा समावेश गरिएको छ ।

तर रियल प्रशिक्षक जिदान भने हजार्डले बेल्जियमबाट खेल्न नहुने कुरामा अडिक छन् । उनले अन्तराष्ट्रिय विश्रामलाई हजार्डले चोटबाट निको हुन उपयोग गर्नुपर्ने धारणा राखेका छन् ।

ुउनी बेल्जियमको टोलीसंग भ्रमण गर्न सक्छन् । बेल्जियमको टिमका चिकित्सकले समेत उनलाई हेर्नेछन् । तर उनी खेल्नका लागि फिट छैनन् ।ु जिदानले भनेका छन् ।

हजार्डमात्र नभएर रियलका धेरै खेलाडी चोट बोक्दै मैदान बाहिर छन् ।

‘चोटग्रस्त खेलाडी सबैतिर छन् । अरु क्लबमा पनि छन् ।’, जिदानले भने, ‘धेरै खेलाडी चोटका कारण बाहिर छन् । चिकित्सक, फिजियो र सबैले खेलाडीलाई निको बनाउन काम गरिरहेका छन् । जसले खेलाडीलाई चोट मुक्त बनाउन आफ्नो तर्फबाट निकै कोशिश गरिरहेका छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *