पदक विजेता खेलाडी सम्मानित
काठमाडौं। नेपाल वादोरियो कराते संघले दोश्रो कामित्सुमा ओकुकाइ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई शनिबार सम्मान गरेको छ ।
अगष्ट २३ देखि २६ तारिखसम्म कम्बोडियामा भएको प्रतियोगिताअन्तर्गत पुरुष ५५ केजीमा पुरुषोत्तम पोखरेल तथा ६७ केजीमा विशाल खड्गीले कांस्य जितेका थिए । पुरुषोत्तमले भारत र सिंगापुर तथा विशालले कम्बोडिया र भारतका खेलाडीलाई पराजित गर्दै पदक जितेका थिए ।
वादोरियो कराते संघका कोषाध्यक्ष सूर्य राईलगायतले उनीहरुलाई खादा र फुलमाला लगाइ सम्मान गरे । सोही अवसरमा टोलीको नेतृत्व गरेका वादोरियो कराते संघका अध्यक्ष एवं नेपाल कराते महासंघका महासचिव हरिशरण केसीलाई पनि सम्मान गरिएको थियो ।
प्रतिक्रिया
Facebook Comment