बहिरा जुडो तालिम केन्द्रको उद्घाटन

डिसी नेपाल
१४ भदौ २०७६ २१:३२

काठमाडौं। बहिरा जुडो तालिम केन्द्रको शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । जापानी दाइकी सोजी र लायन्स क्लब अफ काठमाडौं, सानी गको करिब १५ लाख आर्थिक सहयोगमा केन्द्रको हल निर्माण गरिएको नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी गराए । हल निर्माणका लागि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नै पहल गरेका थिए ।

हाल ४२ बहिरा जुडो खेलाडीले प्रशिक्षण गरिरहेका छन् । बहिराको जुडो तालिम केन्द्र नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए । हल भीमसेनगोलामा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *