आत्मघाती गोल उपहार दिदाँ चेल्सी बराबरीमा रोकियो
एजेन्सी । आत्मघाती गोलमा लण्डन क्लब चेल्सीले प्रिमियर लिग फुटबलमा बराबरी खेलेको छ ।
शनिबार घरेलु मैदानमा भएको खेलमा चेल्सीले नवप्रवेशी क्लब सेफिल्ड युनाईटेडसंग २–२ गोलको बराबरी खेलेको हो । सुरुवाती २–० को अग्रतालाई जोगाउन नसक्दा लण्डन क्लब चेल्सीले अंक बाँड्न बाध्य भयो ।
खेल सकिन एक मिनेट अगाडी कर्ट जुमाले आत्मघाती गोल गरेपछि चेल्सीले अंक बाँड्न परेको हो । चेल्सीका लागि टमी अब्राहमले दुई गोल गर्दै घरेलु टोलीलाई जितको नजिक पु¥याएका थिए । सेफिल्डका कालम रोविन्सनले एक गोल फर्काए ।
चेल्सीले १९ औ मिनेटमा अब्राहमको गोलबाट अग्रता बनाएको थियो । ४३ औ मिनेटमा अब्राहमले लण्डन क्लबको अग्रता दोब्बर पारे । ४६ औ मिनेटमा पाहुना टोलीका तर्फबाट रोविन्सनले एक गोल फर्काए । ८९ औ मिनेटमा चेल्सीले आत्मघाती गोल गरेको थियो ।
चेल्सीले ४ खेलबाट ५ अंक जोड्दै तालिकाको नवौं स्थानमा छ । सेफिल्ड ५ अंक सहित आठौं स्थानमा छ ।
Facebook Comment