अष्ट्रेलियन खेलाडी क्लिंजरले बनाए टी–२० क्रिकेटमा यस्तो रेकर्ड
एजेन्सी । अष्ट्रेलियाका क्रिकेटर माइकल क्लिंजर टी–ट्वान्टी क्रिकेटमा सर्वाधिक शतक बनाउने दोस्रो खेलाडी बनेका छन् ।
इंग्ल्याण्डको लण्डनमा जारी टी–ट्वान्टी ब्लास्टमा शतक बनाउँदै क्लिंजर टी–ट्वान्टीमा सर्वाधिक शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका हुन् । ३९ वर्षे ब्याट्सम्यान क्लिंजरले ग्लूसेस्टरशायरबाट खेल्दै केन्टविरुद्ध ६५ बलमा अविजित रहदै १ सय २ रनको शतकीय इनिङ्स खेलेका थिए ।
टी–ट्वान्टीमा क्लिंजरको यो आठौँ शतक हो । टी–ट्वान्टीमा सर्वाधिक शतकको कीर्तिमान वेष्ट इण्डिजका क्रिस गेलको नाममा रहेको छ । गेलले टी–ट्वान्टीमा २१ शतक प्रहार गरेका छन् ।
टी–ट्वान्टीमा सर्वाधिक शतक प्रहार गर्नेमा क्लिंजरपछि आरोन फिन्च, ल्यूक राइट, बेण्डन म्याकलम रहेका छन् । यी खेलाडीले समान ६/६ शतक प्रहार गरेका छन् । क्लिंजरले अष्ट्रेलियाबाट ३ टी–ट्वान्टी खेलेका छन् ।
Facebook Comment