‘साग प्रशिक्षणका लागि सहारा एकेडेमी उपयूक्त छ’

डिसी नेपाल
१५ भदौ २०७६ २३:१८

पोखरा। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले साग प्रशिक्षणका लागि सहारा एकेडेमी उपयूक्त रहेको धारणा ब्यक्त गरेका छन्। सदस्य–सचिव सिलवालले दोबिल्लास्थित सहारा एकेडेमीकोे भ्रमणपछि सहारा एकेडेमीको खेल मैदान १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत प्रशिक्षणका लागि उपयूक्त भएको बताएका हुन्।
उनले सहारा एकेडेमी निकै रमणीय र फराकिलो क्षेत्रमा भएकोले पोखरामा हुने साग महिला फुटबल प्रशिक्षणको लागि उपयुक्त स्थल हुन सक्ने धारणा राखे। उनले ‘सहारा एकेडेमीको बारेमा सुन्दै आएको थिए आज एकेडेमी हेर्ने मेरो इच्छा पुरा भएको छ, । यो निकै व्यबस्थित रहेछ, खेल मैदान पनि उपयूक्त छ, जग्गाको अभाव भएको अवस्थामा २६ रोपनी क्षेत्रफल रहेको एकेडेमी आफैमा निकै राम्रो र ब्यवस्थित छ।’
सहारा क्लवको प्रयासलाई सफल पार्न सवैमा आग्रह गर्दै सदस्य सचिव सिलवालले परिषद्ले आफ्नो क्षेत्रबाट एकेडेमीका लागि आवश्यक सहयोग गर्न आफु तत्पर रहेको उनले बताए।

निरक्षणका क्रममा राखेप सदस्य–सचिव सिलवाल, सदस्य राजेशकुमार गुुरुङ, एन्फाका उपाध्यक्ष कृष्ण थापा, सहारा यूके महासचबि धनु थकाली, सहारा यूकेका सल्लाकार महेश गुरुङ, मुच्छेत्र गुरुङ लगायतलाई एकेडेमीले स्वागत गरिएको थियो। क्लबका अध्यक्ष केशब बहादुर थापाले क्लवको गतिविधिको बारेमा जानकारी गराएका थिए ।

क्लवारा निर्मित सुविधा सम्पन्न आवास गृह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ दोविल्लामा हाल १६ जिल्लाका २४ जना कठिन परिस्थितीका बालकहरु रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *