‘साहो’ को दुई दिनको कमाइ १४२ करोड
मुम्बई। ३५० करोडको लागतमा निर्माण भएको फिल्म ‘साहो’ लाई विश्लेषकहरुले मिश्रित प्रतिक्रिया दिएका छन्। रेटिङमा पनि यो फिल्मलाई १.५ देखि २.५ सम्म अंक प्राप्त भएको छ। तर दोस्रो दिन फिल्मको कमाइमा भने गिरावट आएको छ।
पहिलो दिन सबै भाषामा यो फिल्मले बक्स अफिसमा ८८ करोड रुपैयाँको व्यापार गरेको थियो। दोस्रो दिन यो आँकडा ५२ करोडमा सीमित भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
तर हिन्दी भर्जनले दोस्रो दिन २५.२० करोड रुपैयाँको व्यापार गरेका छ। पहिलो दिनको तुलनामा यो केही बढी हो। फिल्म विश्लेषकका अनुसार यो प्रसाको स्टार पावरको कमाल हो। फिल्मको ओभरअल कलेक्शन १४२ करोडसम्म पुगेको छ।
साहोले बक्स अफिलमा राम्रो सुरुवात गरेको थियो। ट्रेड एनालिस्ट नरेन्द्र गुप्ताका अनुसार फिल्को हिन्दी भर्जनले पहिलो दिन २४ करोडको व्यापार गरेको थियो।
साहो एक्शनसँगै थ्रिलर फिल्म पनि हो। यस्तो अवस्थामा फिल्म माथि फिल्मको रहस्य लबरेज गर्ने दोहोरो जिम्मेवारी थियो। युवा अवस्थाका लेखक र निर्देशक सुजीथ दवाबको अगाडि झुक्नुपर्यो।
सुजीथको निर्देशनमा निर्माण भएको साहोको शुटिङ दुबई र अबुधावी बाहेक युरोपमा पनि भएको थियो। फिल्ममा एक्शनलाई बढी महत्व दिइएको छ।
Facebook Comment