राखी सावन्त गर्भवती, सात महिनापछि बच्चालाई जन्म दिने
मुम्बई। बलिउडकी ‘कन्ट्रोभर्सी क्वीन’ को उपाधि पाएकी राखी सावन्त प्राय कुनै न कुनै विषयलाई लिएर विवादमा परिरहन्छिन्। राखी स्वयं पनि चर्चामा आउन जस्तो जुकै हर्कत गरिरहन्छिन्। केही समय अगाडि राखीले गोप्य विवाह गरेकी छन्, जसका कारण उनी चर्चामा छिन्।
त्यतिमात्रै होइन राखी सावन्तको विवाहपछि दीपक कलाल पनि आफूलाई चर्र्चामा ल्याउन कुनै कसर बाँकी राख्न चाँहदैनन्। राखी र दीपकबीच विवाह भएपछि उनीहरु लगातार चर्चामा छन्।
केही दिन अगाडि दीपक कलालले राखी सावन्तका विषयमा ठूलो खुलासा गरेका छन्। दीपकले राखी आमा बन्ने तयारीमा रहेको खुलासा गरेका छन्। दीपकले इन्स्टाग्राममा एउटा स्टोरी शेयर गरेका छन्। यो पोस्टमा दीपकले राखी सावन्त गर्भवती भएको खुलासा गरेका छन्। उनले लेखेका छन्–राखीको पेटमा मेरो बच्चा हुर्किँदै गएको छ। \
उनले आफ्नो बुवाको बेइजतको बदला जरुर लिन्छ। ७ महिनाभित्रै सिंहको बच्चा बाहिर आउँछ।’ राखीसँग विवाहपछि दीपकले विवादित बयान दिँदै विवाहका लागि राखीले आफूसँग चार करोड मागेको दाबी गरेका थिए। उनले राखीसँग आफ्नो चार करोड फिर्ता दिन माग पनि गरेका थिए। यद्यपी राखीले दीपकको उक्ता दाबीलाई झुटको संज्ञा दिएकी थिइन्।
View this post on Instagram
Kaisa hoga Mera Baccha? Waise Sher ka Baccha Sher hi hoga…. Plz comment Fans…..
Facebook Comment