खराब रिभ्यूले साहोलाई असर पारेन, तेस्रो दिनको कमाइ झनै बढी !

डिसी नेपाल
१६ भदौ २०७६ ११:०४

काठमाडौं। प्रभास र श्रद्धा कपूर स्टारर फिल्म साहोलाई समक्षिकले दिएको नकारात्मक प्रतिक्रियाले कुनै असर पारेको छैन । साहोले पहिलो दिन नै सय करोडभन्दा धेरै कमाइ गरेर धमाकेदार ओपनिङ गरेको थियो । दोस्रो दिनसम्ममै २ सय करोड माथि कमाइ गरेको साहोको कमाइ तेस्रो दिन झनै बढेको छ । आइतबार भारतलगायतका देशमा विदा भएकोले साहोको कमाइमा झनै उछाल आएको छ ।

तेस्रो दिनसम्ममा साहोले ३ सय करोडभन्दा धेरै कमाइ गरिसकेको छ । यद्यपि यसको ठ्याक्कै तथ्यांक भने बक्स अफिसले उपलब्ध गराइसकेको छैन । ट्रेड एनालिस्टले तेस्रो दिन साहोको हिन्दी संस्करणले २७ करोड आसपासको व्यापार गरेको अनुमान गरेका छन् । साहोको हिन्दी संस्करणले पहिलो दिन शुक्रबार २४ करोड र दोस्रो दिन शनिबार २५ करोडको आसपासमा कमाइ गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *