आज घट्यो कि बढ्यो सुनको भाउ ? हेर्नुहोस् …

काठमाडौँ । आज (सोमबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ७२ तथा तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार छापावाल सुन ७२ हजार ४ सय रुपैयाँ तथा तेजावी सुन ७२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।
काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने सुन चाँदीको भाउ केही बढी पर्न सक्ने छ।
प्रतिक्रिया
Facebook Comment