ब्वाइफ्रेण्डलाई खुसी पार्न आफ्नै दुई छोरीलाई यस्तोसम्म गरिन् महिलाले, ५० वर्ष जेल सजाय

डिसी नेपाल
१६ भदौ २०७६ १२:०९

एजेन्सी। ३३ वर्षकी एक महिलाले आफ्ना ब्वाइफ्रेण्डलाई खुसी पार्न निकै निकृष्ट हर्कत गरेकी छिन् । उनले आफ्ना ब्वाइफ्रेण्डको मागअनुसार आफ्नै २ छोरीको अश्लील भिडियो रेकर्ड गरिन् । अमेरिकाको फ्लोरिडाकी ती महिला रोज बेथ लिजकीलाई अदालतले चाइल्ड पोर्नोग्राफीसहित अन्य आरोपमा दोषी ठहर गरेको छ । उनलाई अक्टोबरमा सजाय सुनाइनेछ ।

रोजलाई ५० वर्षको जेल सजाय हुन सक्छ । उनका ३८ वर्षका ब्वाइफ्रेण्ड रोबर्टो ओकिण्डोलाई गत हप्ता ५० वर्षको जेल सजाय सुनाइसकिएको छ । रोज र रोबर्टोको साथबाट पुलिसले सयौंको संख्यामा किशोरीहरुको नग्न तस्वीर बरामद गरेको थियो । अमेरिकाको संघीय अदालतमा सुनुवाइको क्रममा रोबर्टोले आफू चाइल्ड पोर्न बनाउने काममा सहभागी भएको स्वीकारेका थिए ।

एक व्यक्तिले पुलिसलाई रोबर्टोले चाइल्ड पोर्न राख्ने गरेको जानकारी दिएपछि उनीहरुको अपराधको खुलासा भएको थियो । पुलिसले उनको जाँच गर्दा उनको साथबाट किशोरीहरुका नग्न तस्वीर भेटिएका थिए । अधिकारीहरुले कैयौं कम्प्युटर र मोवाइल फोनको जाँच गरेको थियो । यसबाट थाहा भयो कि रोज र रोबर्टोले आपसमा किशोरीहरुका अश्लील तस्वीर खिच्ने विषयमा सल्लाह समेत गरेका थिए । जाँचकर्ताका अनुसार रोजले आफ्ना दुई छोरीहरुलाई यौनजन्य क्रियाकलाप गर्न बाध्य पारिन् ताकि उनका ब्वाइफ्रेण्ड यो सब अनलाइन हेर्न सकुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *