म्यान्मारमा भूकम्प

डिसी नेपाल
१६ भदौ २०७६ १८:३३

याङ्गुन (रासस/सिन्ह्वा) । म्यानमारमा आइतबार राति आएको ६ म्याग्नीच्यूडको भूकम्पका कारण मन्दिर तथा विद्यालय भवनहरू भत्किएका छन् । देशको सागाङ क्षेत्रमा आएको भूकम्प धेरै ठूलो नभएकाले मानवीय क्षति भएको खबर नआएको सूचना तथा सार्वजनिक मन्त्रालयले सोमबार जनाएको छ।

श्वेबो क्षेत्रमा केन्द्रविन्दु मानिएको उक्त भूकम्प ६ म्याग्नीच्यूडको रहेको थियो । खिन यु शहरमा रहेका ३५ वटा मन्दिर र ११ वटा शिशु, आठ वटा विद्यालय, एउटा मस्जिद, गाउँ प्रशासन कार्यालय र पाँच वटा स्थानीय बासिन्दाका घर भत्किएको अधिकारीहरूले जनाएका छन् ।

मन्डलाय क्षेत्रको मन्डलाय र प्यीन, ओ लवीनलगायतका शहर, सागाङ क्षेत्रको मोन्यवा र चाउङ ओ शहरमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । ती क्षेत्रमा पटकपटक परकम्प पनि महुसस गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *