जाजरकोटमा चट्याङ लागेर २३३ भेडा मरे

जाजरकोट। चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरेका छन् । कुशे गाउँपालिकाको पाटनमा शनिवारको हावाहुरीसँगै लागेको चट्याङका कारण २५२ भेडा मरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन्। यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडा पालन व्यवसाय हो ।
कुशे गाउँपालिकाका किसान, व्यावसायिकरूपमा भेडा पालेर जीविका चलाउँदै आएका छन् । भेडा मरेपछि परिवारको घरखर्च चलाउन समस्या हुने कुशे गाउँपालिका–८ कफल्लाका दुर्गबहादुर रोकायले बताए।
प्रतिक्रिया
Facebook Comment