विद्रोहको मुख्य योजनाकार रहेको आरोपमा २ सेनालाई १५ बर्षको सजायँ

डिसी नेपाल
१७ भदौ २०७६ ६:०१

बुर्किना फासो । बुर्किना फासोको सैनिक अदालतले यहाँको साहेल राज्यमा सन् २०१५ मा ‘राज्य विद्रोह’ को मुख्य योजनाकार भएको अभियोगमा दुई सेनालाई १५ बर्षको जेल सजायँ तोकिएको एएफपीका स्थानीय रिपोर्टरले बताएका छन्।

सैनिक अदालतले उक्त विद्रोहको मुख्य योजनाकार भएको आरोपमा जनरल गिलबर्ट डियन्डियरलाई आपराधिक गतिविधि गरेको तथा राज्यको सुरक्षा निकायलाई क्षति पुर्याएको अभियोगमा २० बर्ष जेल सजायँको आदेश गरेको छ।

त्यस्तै अर्का जनरल जिब्रिल बासोललाई राष्ट्रघातको अभियोगमा १० बर्ष जेल सजायँ तोकिएको छ।

आम प्रदर्शनपछि भएको देशव्यापी आन्दोलनको भरमा पदच्युत गरिएका पूर्व राष्ट्रपति ब्लाइस कोम्पाओरको पक्षधर सेनाको समूहले सन् २०१५ मा राज्य विद्रोह गरेको थियो। जसमा १४ जनाको मृत्यु गएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *