भारतीय बलर शामीलाई पक्राउ गर्न अदालतको आदेश!

डिसी नेपाल
१७ भदौ २०७६ ६:४७

एजेन्सी । भारतीय तिब्रगतिका बलर मोहम्मद शामीका लागि सोमबारको दिन निकै तनावपुर्ण रुपमा वित्यो । वेष्ट इन्डिज विरुद्धको टेष्टमा भारत विजयी हुँदा जितको खुसी मनाउने बेला, भारतमा उनका विरुद्धको अदालतले ठुलो निर्णय गर्यो ।

घरेलु हिंसाको आरोप लागेका उनलाई गिरफ्तारको वारेन्टी जारी भयो । कोलकाताको पश्चिम बंगालको अलीपुर अदालतले शामीकी पत्नी हसीन जहाले फाइल गरेको उजुरीमा सुनुवाई गर्दै उनलाई गिरफ्तारको वारेन्ट जारी गरेको हो ।

हाल वेष्ट इन्डिजमा रहेका उनलाई १५ दिनभित्र अदालतमा हाजिर नभए उनलाई गिरफ्तार गर्न निर्देशन गरेको छ । २०१८ मा शामीकी पत्निले आफुमाथि मारपिट, रेप र हत्याको कोशिस गरेको भन्दै घरेलु हिंसाको गम्भिर ओराम लगाउँदै सामी विरुद्ध उजुरी दिएकी थिइन । यसका साथै यी दुईको तलाकको मुद्दापनि अदालतमा चलिरहेको छ ।

परस्त्रीसँग सम्बन्ध रहेको भन्दै सामीकी पत्निले उनी विरुद्ध सोसियल मिडियामा प्रमाणसहित सार्वजनिक गरेपछि सामीको भित्रीकुरा सार्वजनिक भएको थियो । यहि विषयमा शामीले पत्निलाई पिट्ने गरेको र शारिरीक रुपमा पनि शोषण गर्ने गरेको बताइएको थियो । जसका कारण सामिलाई भारतीय क्रिकेट बोर्डपनि सुरुवातमा सम्झौता रद्द गर्ने निर्णय गरेपनि पछि उनलाई क्लिन चिट दिएर बी ग्रेडको खेलाडीमा राखेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *