रोनाल्डो बने १० औं पटक पोर्चुगिच वर्ष खेलाडी

डिसी नेपाल
१७ भदौ २०७६ ७:१३

एजेन्सी । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले १० औं पटक पोर्चुगिच वर्ष खेलाडीको अवार्ड जितेका छन् । योसँगै उनी लामो समयसम्म यो उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् ।

३४ वर्षीय रोनाल्डोले २००७ देखि यो उपाधिमा बर्चश्व जमाउँदै आएका छन् । यो बीचमा उनले २०१० र २०१४ मा मात्र उपाधि जित्न सकेनन् । त्यसबाहेक अरु वर्ष रोनाल्डो नै यो अवार्डको हकदार बनेका छन् ।

रोनाल्डोले यो सिजन उपाधि जित्न एट्लेटिको मड्रिडका जोआओ फेलिक्स र म्यानचेस्टर सिटीका बर्नान्डो सिल्भालाई पछि पारेको डेली मेलले जनाएको छ । यो सूचीमा मिडफिल्डर ब्रुनो फर्नान्डेस र उल्भ्सका रुबेन नाभास पनि रहेका थिए ।

अवार्ड कार्यक्रममा रोनाल्डो पुरुष वर्ष खेलाडी बन्दा महिलामा लियोनकी जेसीका सिल्भाले जितिन् । वर्षको उत्कृष्ट प्रशिक्षक बु्रनो लागे र महिलामा मिगुइल सान्टोसले जिते । उत्कृष्ट टिमको अवार्ड बनेफिकाले पायो । यस्तै, उत्कृष्ट महिला टिमको अवार्ड पनि बेनफिकाले नै हात पार्‍यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *