आज फेरि बढ्यो सुन चाँदीको भाउ, तोलाको कति ?

काठमाडौँ । आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला ७२ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार छापावाल सुन प्रतितोला ७२ हजार तथा तेजावी सुन ७१ हजार ७ सय रुपैयाँ तथा तेजावी सुन ७२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने सुन चाँदीको भाउ केही बढी पर्न सक्ने छ।
प्रतिक्रिया
Facebook Comment