अन्तर्राष्ट्रिय क्रिकेटका तिनै फर्म्याटमा श्रीलंकाली बलरको दबदबा, ठूला रेकर्डमा एकछत्र कब्जा

डिसी नेपाल
१७ भदौ २०७६ ११:५०

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटका तिनै फर्म्याट (टी-२०, एकदिवसीय र टेस्ट) मा श्रीलंकाली बलरको दबदबा देखिएको छ । आइतबार सम्पन्न न्युजील्याण्डविरुद्धको टी-२० खेलमा लासिथ मालिंगाले २ विकेट लिएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९९ विकेट लिदै धेरै विकेट लिने खेलाडी बनेपछि क्रिकेटका तिनै फर्म्याटमा धेरै विकेट लिने रेकर्ड श्रीलंकाका बलरको नाममा बनेको छ ।

मालिंगाले पाकिस्तानका शाहिद अफ्रिदीको ९८ विकेटको रेकर्डलाई तोड्दै यस्तो रेकर्ड बनाएका हुन् । त्यस्तै एकदिवसीय र टेस्ट क्रिकेटमा भने धेरै विकेट लिने रेकर्ड श्रीलंकाका महान स्पिनर मुथैया मुरलिधरनको नाममा रहेको छ । एकदिवसीय क्रिकेटमा ३५० एकदिवसीय खेलका ३४१ पारीमा मुरलिधरनले २३.०८ को औसतले कुल ५३४ विकेट लिएका छन् । टेस्ट क्रिकेटमा मुरलीधरनले ६७ पटक ५ विकेट लिएका छन् भने २२ पटक १० विकेट लिएका छन् ।

यस सुचिमा पाकिस्तानका वासिम अक्रम ५०२ विकेट लिदै दोस्रो र पाकिस्तानकै वकार युनिस ४१६ विकेट लिदै तेस्रो स्थानमा रहेका छन् । त्यस्तै श्रीलंकाका चामिन्दा भास ४ सय विकेट लिदै चौथो स्थानमा रहेका छन् । त्यस्तै टी-२० मा सर्वाधिक विकेट लिने रेकर्ड बनाउने मालिंगा भने एकदिवसीय क्रिकेटमा भने ३३८ विकेट लिदै नवौ स्थानमा रहेका छन् ।

त्यस्तै टेस्ट क्रिकेटमा पनि मुरलिधरनले १३३ खेलको २३० इनिंगमा २२.७२ को औसतले ८ सय विकेट लिएका छन् । यस सुचिमा अस्ट्रेलियाका महान स्पिनर शेन वार्नले ७०८ विकेट लिदै दोस्रो स्थानमा छन् । त्यस्तै भारतका अनिल कुम्बलेले ६१९ विकेट लिदै तेस्रो र इङल्याण्डका जिम्मी एन्डरसन ५७५ विकेट लिदै चौथो स्थानमा रहेका छन् । त्यस्तै टेस्ट क्रिकेटमा अस्ट्रेलियाका ग्लेन म्याग्राले ५६३ विकेट लिदै पाचौ र वेस्टइन्डिजका कर्टनी वाल्शले ५१९ विकेट लिदै छैठौ स्थानमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *