सान्टा क्रुज द्वीपमा डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु

डिसी नेपाल
१७ भदौ २०७६ १३:२९

लस एन्जेलस। दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा सोमबार मध्यरात डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ।

यस दुर्घटनामा अन्य नौ व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। क्यालिफोर्नियाको तटीय क्षेत्रमा उक्त दुर्घटना भएको हो।

बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। स्थानीय समयानुसार सोमबार बिहान ३ः१५ बजे सो दुर्घटना भएको तटीय गार्डका क्याप्टेन मोनिका रोचेस्टरले बताएका छन्।

सो डुङ्गामा ३९ व्यक्ति सवार रहेका पनि मोनिकाले बताउनु भएको छ । सो दुर्घटनाबाट पाँच जनालाई भने जीवितै उद्धार गरिएको छ। रासस/सिन्ह्वा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *