जिल्ला अदालत चितवनलाई चुनौती दिँदै रवि लामिछाने उच्च अदालतमा

डिसी नेपाल
१७ भदौ २०७६ १५:११

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेल चितवन जिल्ला अदालतलाई चुनौती दिँदै उच्च अदालत पुगेका छन् । चितवन जिल्ला अदालतले दिएको धरौटीमा छाड्ने आदेश ादर गर्न माग गर्दै उनीहरूले उच्च अदालतमा निवेदन दिएका हुन् ।

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा अभियोगमा जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई२ ३ लाख रुपैयाँ धरौटीमा छाड्‍न आदेश दिएको थियो । अदालतको उक्त आदेश अनुचित रहेको दावी गर्दै बदरको माग लिएर लामिछाने र कँडेल उच्च अदालत पाटनको हेटौंडा इजलास पुगेका हुन् ।

लामिछाने र कँडेलले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भनी निवेदन दर्ता गराएका हुन् । उनीहरुको निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्ने उच्‍च अदालत हेटौंडा इजलासले जनाएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *