अवैध सम्बन्धको आरोपमा सजाय काटेर निस्केकी महिलाको श्रीमानले अदालतमै ज्यान लिए

डिसी नेपाल
१८ भदौ २०७६ १२:०७

काठमाडौं। एक महिलालाई अदालतले विवाहेत्तर अवैध सम्बन्ध राखेको अभियोगमा जेल सजाय सुनाएको थियो । जेल सजाय पूरा गरेर निस्कनासाथ ती महिलाका श्रीमानले गोली हानेर हत्या गरिदिए । बेलायती मिडिया इन्डिपेन्डेन्टका अनुसार घटना इराकी कुर्दिस्तानको हो ।

रिपोर्टका अनुसार महिलालाई अदालतले तोकेको डेढ वर्षको जेल सजाय उनले पूरा गरेकी थिइन् । त्यसपछि उनीहरुबीच सम्बन्धविच्छेदको मुद्दा चलिरहेको थियो । आइतबार अदालतमा सम्बन्धविच्छेदको मुद्दामा सुनुवाइ सकेर बाहिर निस्कनासाथ महिलाका श्रमिानले अदालत परिसरमै उनलाई गोली हानेका हुन् ।

इर्बिल अदालतबाहिर कार पार्किङ गर्ने ठाउँमा श्रीमानले श्रीमतीलाई ६ गोली हानेका थिए । इराकी कुर्दिस्तानमा विवाहपछि कुनै अन्य व्यक्तिसँग सम्बन्ध राखेका महिला पुरुष दुवैलाई जायको प्रावधान छ । इरबिल पुलिका प्रमुख अब्दुल खालिक तलातले कुर्दिस्तान २४ लाई बताएअनुसार आरोपी व्यक्तिलाई घटनास्थलबाटै गिरफ्तार गरिएको छ । उनीविरुद्ध हत्या अभियोगमा मुद्दा चलाइएको छ ।

पुलिसले प्रारम्भिक जाँचमा प्राप्त जानकारीको हवाला दिँदै उनीहरुबीच महिलालाई २०१८ मा गिरफ्तार गरिएदेखि समस्या भएको जानकारी दिएको छ । इरानी र कुर्दिश महिलाहरुको उक संस्थाले यसलाई अनर किलिङ भनेको छ । संस्थाकी निर्देशक डिआना नम्मीदे यो पनि दावी गरेकी छिन् कि महिलाका पिताले आरोपीको समर्थन गरेका छन् र भनेका छन् कि उनकी छोरीले न्याय पाइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *