साहो हिन्दीले एक्लै भारतबाट मात्रै कमायो सय करोड, विश्वव्यापी कमाइ झनै धमाकेदार

डिसी नेपाल
१८ भदौ २०७६ १३:०१

मुम्बइ। प्रभास र श्रद्धा कपूरको फिल्म साहोले पाँचौं दिनसम्म पनि धमाकेदार कमाइ गरिरहेको छ । ३५० करोडको बजेटमा बनेको फिल्मको हिन्दी संस्करणले मात्रै भारतीय बजारबाट मात्र १०० करोडभन्दा धेरैको कमाइ गरिसकेको छ । ट्रेड रिपोर्टका अनुसार मंगलबार फिल्मले ८ करोड कमायो । यद्यपि पाँचौं दिन भने फिल्मको कमाइमा ठूलो गिरावट देखियो ।

साहो हिन्दीले रिलिजको दिन २४.४० करोड, शनिबार २५.२० करोड, आइतबार २९.४८ करोड र सोमबार १४.२० करोड कमाएको थियो । कमाइको हिसाबले यो हप्ता फिल्मको लागि निकै अहम छ । आगामी शुक्रबार श्रद्धा कपूरकै अर्को फिल्म छिछोरे रिलिज हुने भएकोले यसले साहोलाई असर गर्न सक्छ ।

भारतमा मात्र होइन साहोको विश्वव्यापी कमाइ पनि धमाकेदार छ । साहोले ५ दिनमा विश्वभरबाट ३५० करोड कमाएको छ । युभि क्रिएसन्सले फिल्मको पोस्टर शेयर गर्दै विश्वव्यापी कमाइ सार्वजनिक गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *