भारतीय प्रधानमन्त्री रुस भ्रमणमा, के के भए सम्झौता?

डिसी नेपाल
१८ भदौ २०७६ १६:४५

मस्को (एजेन्सी) । रुसको दुई दिने भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार रुसको भ्लादिभोस्तक पुगेका छन् । त्यहाँ मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच केही सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ज्वेद्दा जहाज निर्माण परिसरमा भएको बैठकपछि दुबै नेताहरुले सँयुक्त पत्रकार सम्मेलन गरे । प्रधानमन्त्री मोदीले रुससँग केही सम्झौता भएको जानकारी दिए । मोदीले पत्रकार सम्मेलनमा भने, ‘२००१ मा म तत्कालिन प्रधानमन्त्री अटल बिहारी वाजपेयी नेतृत्वको प्रतिनिधिमण्डलको सदस्य बनेर रुस आएको थिएँ । त्यतिबेलादेखि रुससँग हाम्रो सम्बन्ध नयाँ स्तरमा पुगेको छ । हामी यो सम्बन्धलाई अझ गाढा बनाउन चाहन्छौं ।’

उनले रुस र भारतबीच दर्जनौ व्यापारिक सम्झौता भएको उल्लेख गर्दै रुसी उपकरणहरुको स्पेयर पार्टस भारतमा दुबैदेशको सँयुक्त उपक्रममा बनाउने सम्झौतासमेत बताएका बताए । भारत र रुसबीच् रक्षा, कृषि, पर्यटन, व्यापारका साथै अन्तरिक्ष कार्यक्रममा पनि लगातार सहयोगहरु आदानप्रदान भइरहेका छन् ।

प्रधानमन्त्री मोदीले रुसको सहयोगमा भारतमा आणविक भट्टी निर्माण पनि भइरहेको बताए । उनले भने, ‘पश्चिमी आर्थिक मञ्चसँग भारतलाई जोड्ने कामका लागि रुसको जति प्रशंसा गरे पनि कमी हुन्छ । कोइला, हिरा, खनिज, कृषि, रेयर अर्थ, टिम्बर, पल्प एन्ड पेपर र पर्यटनमा नयाँ सम्भावनाहरु देखिएका छन् । यी दुबै क्षेत्रबीच सम्पर्क बढाउन चेन्नई र भ्लादिवस्तोकबीच मेरिटाइम रुटको प्रस्ताव पनि गरिएको छ ।’

प्रधानमन्त्री मोदी यो भ्रमणका क्रममा यो पटक रुसको शहर भ्लादिवोस्तकमा छन् । यो एक बन्दरगाहा शहर हो । यो प्राइमरी क्षेत्र र सुदूरपूर्वको संघीय जिल्लहरुको प्रशासनिक, सांस्कृतिक र आर्थिक केन्द्र पनि हो । यो रुसको दक्षिण–पूर्वी क्षेत्र गोल्डेन होर्न खाडी नजिक छ ।

यो सुदूर पूर्वको सबैभन्दा ठूलो शैक्षिक र वैज्ञानिक केन्द्र पनि हो । यो शहरमा फार इस्टर्न फेडरल यूनिभर्सिटी र रुसी विज्ञान एकेडमीका शाखा छन् । इस्टर्न इकोनोमिक फोरमका अनुसार रुसीको राजधानी मस्कोदेखि ९ हजार २ सय ५८ किलोमिटर टाढा रहेको यो शहरको जनसंख्या २०१८ मा ६ लाखभन्दा धेरै थियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *