क्यामरुनका सेना मध्यअफ्रिकी गणतन्त्र पठाइए

डिसी नेपाल
१८ भदौ २०७६ २२:२७

याउन्डे (रासस/सिन्ह्वा) । अफ्रिकी मुलुक क्यामरुनले युद्धग्रस्त मध्यअफ्रिकी गणतन्त्र (सिएआर)मा राष्ट्रसंघीय शान्ति सैनिकको रुपमा छैटौं सैन्यदल पठाएको छ । स्थानीय नागरिकको सुरक्षाका लागि ती सैनिक पठाइएका हुन् ।

क्यामरुनको राजधानी याउन्डेमा आयोजित समारोहमा सम्बोधन गर्दै रक्षामन्त्री जोसेफ बेटी अस्सोमोले सिएआरमा शान्ति स्थापनाका लागि क्यामरुनका सैनिकले निर्वाह गर्न सक्ने भूमिकाका बारेमा निर्देशन दिए ।

मन्त्री अस्सोमोले वर्षौंदेखि युद्धमा होमिएको मध्यअफ्रिकी गणतन्त्रका तहसनहस भएका संस्थालाई सही ठाउँमा ल्याउन अत्यावश्यक रहेको चर्चा गर्दै क्यामरुनले अन्तर्राष्ट्रिय प्रतिबद्धता बमोजिम केही वर्षदेखि नियमितरुपमा सेना पठाइरहेको बताए । उनले मानव अधिकारलाई उच्च प्राथमिकता दिई निष्पक्षतापूर्वक सेवा गर्न सैनिक जवान समक्ष आग्रह गरे ।

क्यामरुनको रक्षा मन्त्रालयका अनुसार पछिल्लो पटक ७५० जना सैनिक र ३५० जना कर्मचारी राष्ट्रसंघीय मिसनमा सहभागी हुँदैछन् । मध्यअफ्रिकी गणतन्त्रमा नागरिक सुरक्षाका निम्ति मिनुस्काको गठन सन् २०१४ मा भएको थियो । सशस्त्र समूह सेलेकाले हिंसात्मक द्वन्द्वका आधारमा मध्यअफ्रिकी गणतन्त्रको सत्ता हत्याएपछि सन् २०१३ यता हिंसात्मक द्वन्द्व शुरु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *