जापानी प्रधानमन्त्रीले पुटिनलाई भेट्ने

डिसी नेपाल
१८ भदौ २०७६ २३:००

टोकियो। जापानका प्रधानमन्त्री सिन्जे आबे बुधबार रुसतर्फ प्रस्थान गरेका छन्। तीनदिने भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत भेट्नेगरी उनी रुस प्रस्थान गरेका हुन्।

भेटका क्रममा उनीहरूबीच क्षेत्रीय सरोकारका बिषय, शान्ति सम्झौतालगायतका विषयमा छलफल हुने तय भएको छ । रुसतर्फ प्रस्थान गर्ने बेलामा आबेले भने, “मैले राष्ट्रपति पुटिनसँग खुल्ला रूपमा छलफल गर्नेछु, हामीबीच शान्ति सम्झौताका नयाँ चरणहरूका बारेमा कुराकानी हुनेछ ।”

प्रधानमन्त्री आबेले राष्ट्रपति पुटिनलाई बिहीबार भेट्ने तय भएको अधिकारीहरूले जानकारी दिएका छन् । त्यसको अघिल्लो दिन रुसी राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार भेटवार्ता गरेका छन्।

रुसको पूर्वी शहर भ्लाडिभोस्टकमा लगानी र व्यापारका विषयमा उनीहरूका बीचमा वार्ता भएको अधिकारीहरूले जनाएका छन् । पूर्वी आर्थिक मञ्च (इस्टर्न एकोनमिक फोरम) को बैठकमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी हाल रुस पुगेका छन्। रुसको आयोजनामा सन् २०१५ देखि भ्लाडिभोस्टकमा वर्षैपिच्छे आयोजना हुने यस सम्मेलनमा एशियाली मुलुकहरूबीच आर्थिक साझेदारी प्रवद्र्धनका विषयमा छलफल हुने गर्दछ ।

रुसले सन् २०१४ मा क्रिमियालाई कब्जा गरेपछि पश्चिमी राष्ट्रले आर्थिक प्रतिबन्ध लगाएसँगै रुसले यो मञ्च स्थापना गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *