न्युजिल्याण्डमा बस दुर्घटनामा

डिसी नेपाल
१८ भदौ २०७६ २३:१७

वेलिङटन (रासस/सिन्ह्वा) । न्युजिल्यान्ड रोटोर्वानजिकै चिनियाँ पर्यटक चढेको एक बस दुर्घटनामा पर्दा छ जना चिनियाँ नागरिकको मृत्यु भएको चिनियाँ राजदूतावासले पुष्टि गरेको छ । न्युजिल्याण्डमा रहेको चिनियाँ राजदूतावासका अधिकारीले सो दुर्घटना भएको र त्यसमा परी छ जना चिनियाँ नागरिकको ज्यान गएको जानकारी दिएका छन् ।

चिनियाँ पर्यटक चढेको यो बस चीनको सिचुआन प्रान्तको पर्यटक समूहसँग आवद्ध भएको चिनियाँ राजदूतावासले दिएको जानकारीमा उल्लेख छ ।

चिनियाँ दूतावासले बुधबार विज्ञप्तिमा प्रकाशन गर्दै आकस्मिक छानबीनको संयन्त्र सुरू गरेको जनाएको छ । दूतावासबाट नै छानबीन समिति गठन गरी उक्त सवारी दुर्घटनाको कारणको बारेमा छानवीन गरिने जानकारी दिइएको छ ।

चिनियाँ राजदूत वुसिले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र उनीहरुका आफन्तप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाइते चिनियाँ पर्यटकलाई सहयोग गर्न दूताबासका कर्मचारी निर्देशन दिएका छन् ।

चिनियाँ दूतावासले न्यूजिल्याण्ड सरकारलाई घाइतेलाई बचाउन प्रभावकारी कदम चाल्न, दुर्घटनाको कारण छिटोभन्दा छिटो पत्ता लगाउन आग्रहसमेत गरेको छ ।

सो दुर्घटना भएको समयमा २० भन्दाबढी व्यक्ति बसमा सवार रहेको न्युजिल्याण्ड प्रहरीले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *