पटाका कारखाना विस्फोटमा ज्यान गुमाउनेको संख्या २३ पुग्यो, अझै बढ्न सक्ने!
एजेन्सी । भारतको पञ्जाबस्थित गुरदासपुरको बटाला क्षेत्रमा बुधबार दिउँसो एक पटाका कारखानामा भएकाे विस्फोटमा ज्यान गुमाउनेको संख्या २३ पुगेको छ।
त्यस्तै, करीब २५ जना अझै भगनावशेषमा फँसिरहेको हुनसक्ने आशंका गरिएको छ । उनीहरुको उद्दार कार्य अहिले पनि जारी रहेको छ । घटनामा २७ जना घाइते रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ । विस्फोट यति शक्तिशाली थियो, ५ सय मिटर टाढा रहेको एक मलको शिशा फुटेको थियो भने नजिकका घरहरुमा समेत क्षति पुर्याएको थियो ।
स्थानीयका अनुसार बटाला–जलन्धर रोडको हंसली क्षेत्रस्थित पटाका कारखानामा भएको विस्फोटको आवाज कयौँ किलोमिटरसम्म सुनिएको थियो । विस्फोट के कारण भयो भन्ने अझै खुल्न सकेको छैन । स्थानीयका अनुसार यो कारखानामा यसअघि पनि विस्फोट भएको थियो । सन् २०१७ मा भएको विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए ।
Facebook Comment