आज घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ थारै घटेको छ। बुधबारको तुलनामा आज सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको हो। बुधबार प्रतितोला एक हजार रुपैयाँ बढेर ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज भने आरालो लागेको हो।
आज छापावाल सुन प्रतितोला ७३ हजार ४ सय तथा तेजावी सुन प्रतितोला ७३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय तथा तेजावी सुन ७३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज (बिहीबार) उच्च रेकर्ड बनाएको चाँदीको भाउ आज भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने सुन-चाँदीको भाउ केही बढी पर्न सक्ने छ।
Facebook Comment