कश्मीर सीमामा पाकिस्तानले तैनाथ गर्यो थप सेना
नयाँ दिल्ली (एजेन्सी) । कश्मीर मामिलामा भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला पाकिस्तानले लाइन अफ कन्ट्रोल (एलओसी)मा सेनाको एक अर्को ब्रिगेड तैनाथ गरेको छ । पाकिस्तान प्रशासित कश्मीरको पुँक्ष जिल्लाको बाग र कोटली क्षेत्रमा एक ब्रिगेड थपिएको हो । यो ब्रिगेडमा २ हजारभन्दा धेरै सैनिक रहेको बताइएको छ ।
सीमा क्षेत्रमा पाकिस्तानले सेना बढाएपछि भारतीय पक्ष पनि अलर्ट भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय सुरक्षा एजेन्सी पनि अलर्ट अवस्थामा रहेको भारतीय सञ्चार माध्यम आजतकले उल्लेख गरेको छ । पाकिस्तानले यसअघि सरक्रिक क्षेत्रमा एलओसी नजिकै स्पेशल फोर्सका १०० जवानहरु तैनाथ गरेको थियो ।
प्रतिक्रिया
Facebook Comment