सहमति उल्लंघन गर्ने इरानको घोषणा
तेहरान (बीबीसी) । इरानले आफ्नो देशको पारमाणविक अनुसन्धान र विकासलाई सीमित बनाउन पहिला गरिएका सबै सहमति भंग गर्ने घोषणा गरेको छ । तेहरानले सन् २०१५ मा अरू शक्तिशाली राष्ट्रहरूसँग एउटा परमाणु सम्झौता गरेको थियो । इरानका राष्ट्रपति हसन रूहानीले शुक्रवारदेखि शीघ्र युरेनिअम प्रवर्धन गर्ने उद्देश्यले सेन्ट्रिफ्युज विकास गर्न थाल्ने घोषणा गरेका छन् ।
गत वर्ष अमेरिकाले इरानसँग गरिएको परमाणु सम्झौताबाट अलग्गिएको घोषणा गर्दै इरानलाई पुनः आर्थिक प्रतिबन्ध लगाएको थियो ।
प्रतिक्रियास्वरूप गत जुलाई महिनामा इरानले परमाणुसम्बन्धी दुइटा महत्त्वपूर्ण प्रतिबद्धता परित्याग ग¥यो । उक्त सम्झौताअनुरूप इरानले लो–इनरिच्ड अर्थात् निम्न स्तरमा प्रवर्धित युरेनिअम ३०० केजी मात्र भण्डार गर्न पाउँथ्यो । उक्त प्रावधान उल्लंघन गर्दै इरानले युरेनिअमको शुद्धता बढाउन थाल्यो । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईएईएले जुलाई १ मा त्यसको पुष्टि ग¥यो । एउटा आणविक भट्टीका लागि ऊर्जा उत्पादन गर्न भन्दै इरानले ४.५ प्रतिशत मात्राको युरेनिअम प्रवर्धन गर्न थालेको थियो ।
यदि युरोपेली राष्ट्रले इरानलाई आर्थिक लाभ हुन दिने आफ्नो वचन पालना नगरे इरानले यो साता तेस्रो कदम चाल्ने राष्ट्रपति रूहानीले बताएका छन् । उनले आफूहरूले दिएको सर्वाधिक महत्वपूर्ण कदम हुने र त्यसको प्रभाव पनि विशाल हुने उनको भनाइ छ ।
इरानले क्रमशः २०५ शुद्धता भएको युरेनिअम प्रशोधन गर्न सक्ने र त्यो भनेको बम बनाउने मार्गतिर अग्रसर हुनु भएको विज्ञहरूको ठम्याइ छ । निम्न स्तरमा प्रवर्धित युरेनिअमको शुद्धता ३–५ प्रतिशत हुन्छ । यो पारमाणविक ऊर्जा उत्पादन गर्न प्रयोग हुन्छ । उच्च स्तरमा प्रवर्धित युरेनिअम भने परमाणुअस्त्र बनाउन प्रयोग हुन्छ । त्यसका लागि सो तत्त्वको मात्रा ९० प्रतिशत वा बढी हुनुपर्छ । इरानले आफ्नो परमाणु कार्यक्रम गैरसैनिक प्रयोजनका लागि भएको दाबी गर्दै आएको छ ।
Facebook Comment