नेपाली युवा क्रिकेट टिमलाई नेपाली टिमका पूर्व प्रशिक्षक डायसको ब्याटिंग टिप्स
काठमाडौं। श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप अन्तर्गत श्रीलंका विरुद्धको खेलको अघिल्लो बिहीबार दिन नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षक रोयलुक डायसले नेपाली युवा खेलाडीलाई ब्याटिङ टिप्स दिएका छन् ।
श्रीलंकाको कोलम्बोमा शुक्रबार विहान सवा १० बजेबाट हुने खेलमा नेपालले घरेलु टिम श्रीलंकाविरुद्ध खेल्दैछ । हाल श्रीलंका ए टिमका प्रशिक्षक समेत रहेका डायसले नेपाली खेलाडीसँगको केहि बेरको भेटमा श्रीलंकन पिचमा कसरी खेल्ने भन्ने ब्याटिङ टिप्स दिएका हुन ।
नेपाली क्रिकेटलाई लामो समय सर्विस गरेका डायस प्रशिक्षक हुँदा विनोद दास खेलाडीका रुपमा थिए । हाल यू–१९ टिमको प्रशिक्षक रहेका दाससँग डायसले भेटेपनि खेलाडीमा पनि केहि उत्साह थपिएको छ ।
नेपाली टिमले हाइ पर्फमेन्स एकेडेमी रहेको स्थानमा नै प्रशिक्षण गरेका थिए । सोहि समय डायस केहि समयका लागि नेपाली टिमलाई भेट्न आएका थिए । छोटो कुराकानीमा उनले खेलाडीलाई टिप्स दिनुका साथै नेपाली क्रिकेटका बारेमा पनि जानकारी लिएका थिए ।
Facebook Comment