नेपाल र कुवेतबीचको खेलः पाँच मिनेटमै खायो नेपालले गोल

डिसी नेपाल
१९ भदौ २०७६ २२:५९

काठमाडौं। विश्व कप छनोटको एसिया छनोटमा नेपाल र कुवेतबीचको खेल शुरु भएको छ । नेपालले खेल शुरु भएको पाँच मिनेटमै गोल खान पुगेको छ। नेपाली डिफेन्स निकै कमजोर हुँदा नेपालले गोल खान पुगेको हो।

कुवेतविरुद्ध नेपालले ४–३–२–१ को फर्मेसनमा खेल्ने योहान कलिन प्रशिक्षकमा नियुक्त भएपछि नेपालले नयाँ फर्मेसन अबलम्बन गर्न शुरु गरेको छ ।

पारम्पारिक ४–४–२ को टिम फर्मेसनलाई तोड्दै योहान कलिनले ४–३–२–१ को फर्मेसन बनाएका हुन् । फिफा विश्वकप छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको खेलका लागि प्रशिक्षक कलिनले एक जनामात्र फरवार्ड राखेका छन् ।

नेपालको स्ट्राइकिङ् लाइनमा विमल घर्तिमगर रहनेछन् । उनलाई सपोर्ट गर्नका लागि विङ्गर सुजल श्रेष्ठ र रवि पासवान हुनेछन् । मिडफिल्डमा विक्रम लामा, रोहित चन्द र विशाल राई रहेका छन् ।

यस्तै डिफेन्समा सुमन अर्याल, देवेन्द्र तामाङ, अनन्त तामाङ र अजित भण्डारी छन् । गोलकिपरको पोस्ट भने किरण चेम्जोङ्ले सम्हाल्नेछन् ।

नेपाली टिमको सुरुवाती ११ यस्तो छ ।

गोलकिपरः किरण चेम्जोङ
डिफेन्सः अजित भण्डारी, अनन्त तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ

मिडफिल्डः विशाल राई, विक्रम लामा, सुजल श्रेष्ठ, रविशंकर पासवान, रोहित चन्द
फरवार्डः विमल घर्तिमगर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *